०६ साउन २०८३, बुधबार

कृषि विकास निर्देशनालय धनुषाका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कात्तिक १८, २०८२
काठमाडौं
कृषि विकास निर्देशनालय धनुषाका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

झासहित कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, महादेवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगदीश मण्डल, उपभोक्ता समितिका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र कन्सलटेन्टसहित त्यसका प्रोप्राइटर हरिशकुमार सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरू सबै जनाविरुद्ध ६ लाख ९० हजार ६५७ रुपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्