२९ असार २०८३, सोमबार

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

कात्तिक १८, २०८२
काठमाडौं
श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

आफ्नै श्रीमती ५५ वर्षीया भीमकला थापाको हत्या गरेको आरोपमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापा रहेका छन् । उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

खड्काले खुर्पा प्रहार गर्दा भीमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भूमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भीमकलाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्