०४ साउन २०८३, सोमबार

हङकङ सिक्सेस : दक्षिण अफ्रिकासँग पराजित भएसँगै बाहिरियो नेपाल

कात्तिक २२, २०८२
काठमाडौं
हङकङ सिक्सेस : दक्षिण अफ्रिकासँग पराजित भएसँगै बाहिरियो नेपाल

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपाल अफ्रिकासँग पनि पराजित भएको छ । आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए । नेपालका लोकेश बमले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित छ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाए । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान दुई विकेट लिए ।

पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालको समूहबाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनल पुगेको छ ।

हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । हङकङ सिक्सेस हिजोदेखि शुरू भएको हो ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन् । नेपाल, अफगानिस्तान र दक्षिण अफ्रिका समूह ‘ए’मा छ। समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र यूएई छन् । समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन् ।

salt training

कमेन्ट गर्नुहोस्