
मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।