नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्रसारण अधिकार बिक्रीका लागि आह्वान गरिएको बोलपत्रमा संशोधन गरेको छ। क्यानले बिहीबार एक सूचना जारी गर्दै बोलपत्र खरिद गर्ने, पेश गर्ने र खोल्ने समय तालिका परिवर्तन भएको जानकारी दिएको हो।
यो बोलपत्र नेपाल क्षेत्रका लागि 'लिनियर टेलिभिजन' (सिधा टेलिभिजन प्रसारण) अधिकार बिक्रीसँग सम्बन्धित छ। बोलपत्र आह्वान नम्बर अन्तर्गतको प्रक्रियामा संशोधन गरिएको क्यानले जनाएको छ।
क्यानद्वारा जारी 'बोलपत्र संशोधन-१' सूचना अनुसार, इच्छुक फर्म वा बोलपत्रदाताहरूले अब नयाँ समय तालिकाअनुसार प्रक्रियामा भाग लिनुपर्नेछ। संशोधनका विस्तृत विवरणहरू क्यानको आधिकारिक वेबसाइट र सूचनाअनुसार बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति नोभेम्बर १४, प्रस्ताव पेश गर्ने अन्तिम नोभेम्बर १५ र प्रस्ताव खोल्ने मिति शनिबार दिउँसो १ बजे तोकिएको छ ।
यो संशोधनसँगै एनपीएलको प्रसारण अधिकार खरिद गर्न इच्छुक विभिन्न सञ्चार माध्यम तथा कम्पनीहरूले नयाँ समयसीमाभित्र आफ्नो प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।