०४ साउन २०८३, सोमबार

पुरुष तथा महिला राष्ट्रिय फुटसल टोलीको प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त

कात्तिक २७, २०८२
काठमाडौं
पुरुष तथा महिला राष्ट्रिय फुटसल टोलीको प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार राष्ट्रिय पुरुष तथा महिला फुटसल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फाले राष्ट्रिय महिला फुटसल टोलीको प्रमुख प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरेको हो । महिला फुटसल टोलीको सहायक प्रशिक्षकमा भने नरेश श्रेष्ठलाई नियुक्त गरिएको छ ।

सन् २०२६ मा आयोजना हुने साफ महिला फुटसल च्याम्पियनसिपलाई ध्यानमा राखी उनीहरूलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । साफ महिला फुटसल च्याम्पियनसिप जनवरी १३ देखि २६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुनेछ ।

यसैगरी, एन्फाले अनिल बहादुर गुरुङलाई राष्ट्रिय पुरुष फुटसल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । सहायक प्रशिक्षकको जिम्मेवारी भने सरोज कुमार थापा क्षेत्रीलाई दिइएको छ ।

साफ पुरुष फुटसल च्याम्पियनसिप पनि सन् २०२६ को जनवरी १३ देखि २६ तारिखसम्म थाइल्याण्डमै आयोजना हुँदैछ । नवनियुक्त प्रमुख प्रशिक्षक र सहायक प्रशिक्षकहरूलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्