१० साउन २०८३, आइतबार

मेलिसा आँधी प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री पठाएकोमा क्युबा र जमैकाले गरे भारतको प्रसंशा

कात्तिक २७, २०८२
काठमाडौं
मेलिसा आँधी प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री पठाएकोमा क्युबा र जमैकाले गरे भारतको प्रसंशा

मेलिसा आँधीले गरेको व्यापक विनाशपछिको उद्धारमा गरेको सहयोगप्रति क्युबा र जमैकाले भारत सरकारको प्रसंशा गरेका छन् । दुवै राष्ट्रका नेता र विदेश मन्त्रालयले भारतको चिकित्सा सहायता, उपकरण र मानवीय आपूर्ति सहयोगप्रति आभार व्यक्त गरेका हुन् ।

मेलिसा आँधीले निम्त्याएको विनाशपछि दुवै देशका लागि २०/२० टन मानवीय सहायतासहित भारतीय विमान क्युबा र जमैका पुगेको थियो । भारतका लागि क्युबाका राजदूतले प्रभावित प्रान्तमा पुग्ने सहयोगका लागि प्रशंसा व्यक्त गरेका छन् ।

‘क्युबाको पूर्वी प्रान्तहरूमा मेलिसा आँधीबाट प्रभावित मानिसलाई मद्दत गर्न चिकित्सा आपूर्ति र उपकरण, र  ऐक्यबद्धताका लागि भारत सरकार, वायुसेना, सरकार र भारतीय जनताप्रति हाम्रो हार्दिक आभार छ’ राजदूत जुना कार्लोसले भने ।

मेडिकल ट्रमा युनिट, अन्य आवश्यक औषधि, बिजुली जेनेरेटर, पाल, ओछ्यान, भान्छा र स्वच्छता किट, सौर्य लालटिनसहितका सामग्री समावेश थिए ।

जमैकाको विदेश मामिला र विदेश व्यापार मन्त्रालयले भारतीय सहयोगले पुनर्लाभ प्रयासलाई तीव्र बनाउन मद्दत गरेको बतायो ।

‘जमैकाले भारत सरकारबाट मेलिसा आँधीपछिको पुनर्लाभ प्रयासलाई तीव्र बनाउन मानवीय राहत सहयोग प्राप्त गरेको छ’ विदेश तथा व्यापार मन्त्री कामीनाजे स्मिथले भनिन् ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले संकटको समयमा भारत जमैकाका जनतासँग ऐक्यबद्धता प्रकट गर्ने बताए । 

अक्टोबर अन्तिम साता आएको मेलिसा आँधीका कारण जमैका र हैटीमा गरी ९६ जनाको मृत्यु भएको थियो र आँधीले क्युबा र जमैकामा हजारौं घर नस्ट गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्