
बीडीसीए कपको २२औं संस्करण अन्तर्गत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ ।
एकेडेमीले थालिगडा क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो ।
जितका लागि २७७ रनको लक्ष्य पछ्याउने क्रममा थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियो । उसका लागि अमन तिरुवाले ५० र लोकेन्द्र रावलले ४४ रन बनाए । बलिङतर्फ एकेडेमीका निखिल चन्दले ३, दिनेश महरा र सुमित रावलले २/२ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीको पारी ३७ ओभरमा २७६ रनमा समेटियो ।
उसका लागि आयुश चन्दले ८७, प्रयास रावलले ६६ र सुनिल चन्दले ५३ रन जोडे । बलिङतर्फ थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए ।
एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित भए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरू भएको प्रतियोगिता आगामी मङ्सिर ५ गते सम्पन्न हुनेछ ।