२८ असार २०८३, आइतबार

लक्ष्यभन्दा कम भयो राजस्व संकलन

मंसिर १, २०८२
काठमाडौं
लक्ष्यभन्दा कम भयो राजस्व संकलन

सरकारको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको लक्ष्यभन्दा करिब २२ प्रतिशतले राजस्व संकलन घटेको हो । 

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म कूल ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । 

जबकि सरकारले कात्तिकसम्म ४ खर्ब २५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जुन करिब लक्ष्य भन्दा २२.५ प्रतिशत कम हो ।  

कार्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर केबल ८२ अर्ब १ करोड मात्रै राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।null

salt training

कमेन्ट गर्नुहोस्