
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले दायर गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
अदालतले मूल ढोका बन्द गरिसकेपछि झ्यालबाट फिर्ता बोलाउने निर्णय भएकाले प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर निवेदन दिएको अधिवक्ता प्रेमराज सिलवालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार मंसिर ७ गतेलाई पेशी तोकिएको छ ।
सर्वोच्चले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएको भोलिपल्टै सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुने गरी राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।
यसअघि अदालत पूर्ण क्षमतामा नचलेका कारण अवहेलनासम्बन्धी निवेदन अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।
मंसिर लागेसँगै अदालत पूर्ण क्षमतामा चल्न लागेकाले निवेदन दर्ता भएको हो ।
