१२ साउन २०८३, मंगलबार

एनपीएलमा आज छैन कुनै खेल, भोलि दुई खेल हुने

मंसिर ७, २०८२
काठमाडौं
एनपीएलमा आज छैन कुनै खेल, भोलि दुई खेल हुने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौं दिन आइतबार कुनै खेल राखिएको छैन । 

नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्रामको दिन राखिएको थियो ।  

भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

हालसम्मको अंकतालिका अनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको कर्णाली याक्स तेस्रो नम्बरमा छ ।

दुईवटा खेल खेलेको पोखरा भने दुवैमा पराजित हुँदै पुछारमा छ ।

मंसिर १ गतेदेखि शुरू एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मंसिर २७ गते फाइनल हुनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्