
राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना र अञ्जुली बोर्डिङ स्कूलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पोखरा उपमहानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ३४३ क्षेत्रफल ३७-८-०२ जग्गामा बनेका पूर्वाधारहरू कानूनी व्यवस्थाविपरीत निजी विद्यालयलाई भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा व्यवस्थापन समितिका अध्यक्ष राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वरुविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं, साथै निजी बोर्डिङ स्कूल सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले आपसी मिलेमतोमा विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कूललाई भाडामा दिएर रकम अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।
आयोगले १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
यस्तो छ आयोगको विज्ञप्ति :