०८ साउन २०८३, शुक्रबार

विश्वकपमा उपविजेता नेपाली टोलीलाई १० लाखसहित क्यानको सम्मान

मंसिर ९, २०८२
काठमाडौं
विश्वकपमा उपविजेता नेपाली टोलीलाई १० लाखसहित क्यानको सम्मान

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता हुन सफल नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगदसहित सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमको आयोजना गरेर क्यानले उक्त टोलीलाई १० लाख नगदसहित सम्मान गरेको हो । 

दृष्टिविहीन महिला टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।

सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलंकामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्