०५ साउन २०८३, मंगलबार

पोर्चुगलले जित्यो फिफा यू-१७ विश्वकपको उपाधि

मंसिर १२, २०८२
काठमाडौं
पोर्चुगलले जित्यो फिफा यू-१७ विश्वकपको उपाधि

फिफा यू– १७ विश्वकपको उपाधि पोर्चुगलले जितेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा अस्ट्रियालाई १-० ले पराजित गर्दै पोर्चुगलले पहिलोपटक फिफा यू– १७ विश्वकपको उपाधि  जितेको हो । 

फरवार्ड एनेसियो काब्रालले खेलको ३२ औँ मिनेटमा गरेको एक मात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो । तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्‍यो । 

पोर्चुगलले ब्राजिललाई र अस्ट्रियाले इटालीलाई हराएर फाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा कुल ४८ राष्ट्रको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्