०६ साउन २०८३, बुधबार

च्याम्पियन बन्ने लक्ष्यसहित यूएईसँग भिड्दै नेपाली युवा क्रिकेटर

मंसिर १५, २०८२
काठमाडौं
च्याम्पियन बन्ने लक्ष्यसहित यूएईसँग भिड्दै नेपाली युवा क्रिकेटर

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।

उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । 

नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनलमा पुगेको थियो । यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।

नेपाल र यूएई  एसिया कप खेल्न भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ । 

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । 

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्