१० साउन २०८३, आइतबार
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

मंसिर १८, २०८२
काठमाडौं
सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । उनले ७५ रनमा रिटायर लिए ।

उनी रिटायर भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १४ बलमा २४ रन बनाए भने आरिफ शेखले पनि २४ रन बनाए । विनोद भण्डारीले २१ रन बनाए ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।

बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १-१ विकेट लिए ।

 

salt training

कमेन्ट गर्नुहोस्