०४ साउन २०८३, सोमबार

पुटिनको स्वागत गर्न विमानस्थलमै पुगे मोदी

मंसिर १८, २०८२
काठमाडौं
पुटिनको स्वागत गर्न विमानस्थलमै पुगे मोदी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै पुगेर पुटिनलाई स्वागत गरे । दुवै नेताले हात मिलाए, अँगालो हाले र हार्दिक अभिवादन साटासाट गरे ।

युक्रेनसँग युद्ध शुरू भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हो । 

भ्रमणका क्रममा दुई देशबीच महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ।

भारत सरकारका स्रोतका अनुसार पुटिनको यस भ्रमणले आर्थिक सहकार्य मजबुत बनाउन ठूलो योगदान गर्नेछ । 

राष्ट्रपति पुटिनसँगै रूसी व्यवसायीहरूको ठूलो टोली पनि भारत आएको छ । भारत–रूस व्यापार विस्तार हुने, विशेषगरी फार्मास्युटिकल्स, अटोमोबाइल, कृषि तथा समुद्री उत्पादनहरू निर्यात बढ्ने सम्भावना रहेको छ ।

भारतीय व्यवसाय र उत्पादनलाई ठूलो बाजार भेटिँदा रोजगारीका अवसर बढ्ने र किसानलाई पनि फाइदा हुने अपेक्षा गरिएको छ ।

null

औपचारिक स्वागतपछि मोदी र पुटिन एउटै गाडीमा बसेर प्रधानमन्त्री निवास लोककल्याण मार्गतर्फ प्रस्थान गरे ।

पुटिन शुक्रबार दिउँसो मोदीसँग २३ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । उनको आगमनअघि नै रूसका उपप्रधानमन्त्री डेनीस मान्तुरोभ र रक्षा मन्त्री सेर्गेई शोइगु समेत दिल्ली आइपुगेका छन् ।

पुटिनको यो भारत भ्रमण विश्व राजनीतिको द्रुत परिवर्तन, युक्रेन युद्ध र एशियाली कूटनीतिक समीकरणका बीच भइरहेकोले झनै महत्त्वपूर्ण बनेको छ ।

पुटिनलाई स्वागत गरेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म मित्र राष्ट्रपति पुटिनलाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी छु । आज साँझ र भोलि हुने बैठकका लागि उत्साहित छु । भारत–रूस मैत्री समयको परीक्षामा सफल भएको छ र यसले दुवै देशका जनतालाई अपार लाभ दिएको छ ।’

null

पुटिनको भ्रमणअघि रूसी राष्ट्रपति प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिकद्वारा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भारत–रूस सम्बन्धबारे वक्तव्य दिएका थिए ।

उनले भने, ‘चीन हाम्रो विशेष रणनीतिक साझेदार हो, जस्तै भारत पनि हो । हामी चीनसँग सीमाभन्दा पर सहयोग विस्तार गर्न तयार छौं । भारतको हकमा पनि हाम्रो ठ्याक्कै यही नीति हो । भारत जतिसम्म अगाडि बढ्छ, हामी त्यतिसम्म सँगै जाने तयारीमा छौं ।’

पेस्कोभका अनुसार भारतमाथि रूससँगको सम्बन्धका कारण बाह्य दबाब छ, त्यसैले दुवै देशले अत्यधिक सावधानीपूर्वक आफ्नो व्यापार तथा साझेदारी सुरक्षित राख्नु आवश्यक छ ।

उनी भन्छन्, ‘हामी बुझ्छौं भारतमाथि दबाब छ । त्यसैले हाम्रो सम्बन्ध कुनै तेस्रो देशको प्रभावबाट मुक्त हुनुपर्छ । दुवै देशको हितमा रहेको व्यापारलाई सुरक्षित राख्नु अत्यन्त जरुरी छ ।’

null

salt training

कमेन्ट गर्नुहोस्