२१ असार २०८३, आइतबार

बराहक्षेत्र नगरपालिकाका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर २४, २०८२
काठमाडौं
बराहक्षेत्र नगरपालिकाका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवा प्राप्त गरेको भन्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उनले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक (हाईस्कूल) तह प्रथम श्रेणीमा उत्तीर्ण भएको नक्कली प्रमाणपत्र र मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्यागको कागजातसमेत झुट्टा प्रस्तुत गरेको उल्लेख छ ।

नक्कली कागजातको भरमा मण्डलले जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा २०५३ साल साउन १ गतेदेखि लागू हुनेगरी सहायक सबओभरसियरमा स्थायी नियुक्ति पाएका थिए । 

त्यसपछि २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा बढुवा भई दीर्घकालसम्म तलब–भत्ता, सरकारी सेवा सुविधा र ओहदा भोग गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्