
साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको विभागीय टोली एपिएफ क्लब र भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफ र भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीसँगै एपिएफले २ खेलबाट ४ अङ्क जोडेको छ । भुटानको ट्रान्सपर्टले ३ खेलबाट २ अङ्क जोडेको छ । यस्तै दुई खेल खेलेको भारतको इस्ट बङ्गाल एफसीले भने ६ अङ्क जोडेको छ ।
एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो । भुटानको ट्रान्सपर्टले भने पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसीसँग गोलरहित बराबरी खेलको थियो । भुटानको ट्रान्सपर्ट दोस्रो खेलमा भने भारतको इस्ट बङ्गालसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।