३० असार २०८३, मंगलबार
एमाले महाधिवेशन

लेखराज र भानुभक्तको नाम साटफेरपछि यस्तो बन्यो 'टीम ओली', पदाधिकारीमा ७ नयाँ अनुहार [सूचीसहित]

मंसिर २९, २०८२
काठमाडौं
लेखराज र भानुभक्तको नाम साटफेरपछि यस्तो बन्यो 'टीम ओली', पदाधिकारीमा ७ नयाँ अनुहार [सूचीसहित]

नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीको उम्मेदवारमा हेरफेर भएको छ ।

यसअघि उपमहासचिवका उम्मेदवारका रूपमा अगाडि सारिएका भानुभक्त ढकाललाई सचिवमा झारेर लेखराज भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो ।

ओली समूहले पदाधिकारीमा ७ जना नयाँ अनुहारलाई समेटेको छ ।

जसअनुसार अध्यक्षमा ओलीकै निरन्तरता हुनेछ । उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार हुनेछन् ।

महासचिवमा शंकर पोखरेल नै उम्मेदवार हुने गरी सहमति जुटेको छ । 

संस्थापन समूहका एक नेताले दिएको जानकारी अनुसार ​उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुनेछन् । रिमाल यसअघि पनि उपमहासचिव थिए भने महासेठ र भट्ट सचिव थिए ।

सचिवमा छविलाल विश्वकर्मा, पद्‌मा अर्याल, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बन्ने तय भएको छ ।

विश्वकर्मा र अर्याल यसअघि पनि सचिव थिए । पदाधिकारीमा ढकाल, अधिकारी, राई, कँडेल, बस्नेत, कार्की र भट्टराई नयाँ अनुहार हुन् ।

संस्थापन इतरबाट ओलीसँग अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् ।

पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्टको उम्मेदवारी टुंगो लागेको छ । 

यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई पोखरेल समूहका उम्मेदवार बन्ने तय भएको छ । 

यो समूहले औपचारिक रूपमा प्यानल घोषणा नगरे पनि सचिवका लागि कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटा, कृष्ण गोपाल श्रेष्ठ, गोकुल बास्कोटा, पुरुषोत्तम पौडेल र विनोद ढकाललाई अगाडि सारेको छ ।

महाधिवेशनबाट ९ जना सचिव निर्वाचित हुनेछन् । महाधिवेशन अन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता र भोलि मंगलबार मतदान हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्