
धनुषाको विदेह नगरपालिका- २ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबी आयोगको छ ।
'आव २०७८/७९ को आईसीटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको ८७ हजार ५०० बराबरको प्रोजेक्टर तथा आव २०७९/८० मा आईटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको एक करोड, २४ लाख ६ सय ५२ बराबरको स्कस्ल सफ्ट्वयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले दिएको जानकारीअनुसार आयोगले उनीहरूविरुद्ध ८ लाख ६२ हजार १५२ रुपैयाँ ६५ पैसा बिगो कायम गरेर कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
आयोगले तत्कालीन लेखापाल स्व. अरुणकुमार कुशियैतकी श्रीमती मति कुमारी सरिता देवी कुशियैतलाई पनि प्रतिवादी बनाएको छ । अरुणकुमारको मृत्यु भइसकेको र बिगो बापतको रकम उनकी श्रीमतीबाट असुल उपरका लागि उनलाई प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।
यस्तो छ अभियोगपत्र :