
चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मंगलबार आबुधाबीमा हुँदैछ ।
आईपीएलको १९ औं संस्करण भने सन् २०२६ को मार्च २६ देखि मे ३१ तारिखसम्म आयोजना हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतले जनाएको छ ।
यद्यपि, बीसीसीआईले आधिकारिक रूपमा मिति घोषणा गरिसकेको छैन । बीसीसीआई स्रोतलाई उदृत गर्दै भारतीय सञ्चालमाध्यमले जनाए अनुसार, टी-२० विश्वकपलगत्तै आईपीएल शुरू हुनेछ ।
आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
यसपटक आईपीएल र पाकिस्तान सुपर लिग (पीएसएल) मिति पनि जुध्ने भएको छ । यसअघि पनि एकपटक यी दुबै फ्रेन्चाइज प्रतियोगिताको मिति जुधेको थियो ।
पीएसएल भने मार्च २६ देखि मे ३ तारिखसम्म आयोजना हुँदैछ ।
अक्सनमा तीन सय ६९ खेलाडी सहभागी हुनेछन् । यसपटक अक्सनमा ३१ जना विदेशी खेलाडी उपब्ध छन् । अक्सनबाट आईपीएल क्लबहरूले कूल ७७ खेलाडी खरिद गर्नेछन् ।
कोलकाता नाइट राइडर्सले सबैभन्दा बढी १३ जना खेलाडी खरिद गर्नेछ । सनराइजर्स हैदरावादले पनि १० खेलाडी खरिद गर्नेछ । अक्सनमा खर्च गर्न कोलकातासँग ६४ करोड ३० लाख भाारतीय रूपैयाँ उपलब्ध छ ।