
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भएका छन् ।
अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो । उनलाई खरिद गर्न अन्य क्लबले पनि बोली लगाएका थिए ।
तर, कोलकाता उनलाई खरिद गर्न सफल भयो । उनी आईपीएलको इतिहासमै सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।
अक्सनमा प्रभावशाली दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरलाई भने दिल्ली क्यापिटल्सले खरिद गर्यो । उनलाई दिल्लीले आधारभूत मूल्य दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
अक्सनमा अस्ट्रेलियाका ज्याक फ्रेजर म्याकगर्क र भारतका पृथ्वी शालाई खरिद गर्न भने कुनै पनि क्लबले चासो देखाएनन् ।