०४ साउन २०८३, सोमबार

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार ?

पुस २, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यति नै परिमाणको चाँदी १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्