०३ साउन २०८३, आइतबार

पहिलो दिन अस्ट्रेलियन ब्याट्सम्यान एलेक्स केरी र उस्मान ख्वाजाको उत्कृष्ट प्रदर्शन

पुस २, २०८२
काठमाडौं
पहिलो दिन अस्ट्रेलियन ब्याट्सम्यान एलेक्स केरी र उस्मान ख्वाजाको उत्कृष्ट प्रदर्शन

परम्परागत एसेस शृंखलाको तेस्रो टेस्ट बुधबारदेखि एडलेइडमा शुरू भएको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदासम्म आठ विकेट गुमाएर तीन सय २६ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले शतकीय पाली खेले । छैटौं नम्बरमा क्रिज समाल्न आएका केरीले एक सय ६ रन बनाए । ३४ वर्षीय बायाँहाते ब्याट्सम्यान केरीले एक सय ४३ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए ।

उस्मान ख्वाजाले पनि टोलीको खातामा ८२ रन थपे । उनले एक सय २६ बलमा १० चौका हिर्काए । घरेलु टोलीका माथिल्ला तीन ब्याट्सम्यान भने सस्तैमा पेभेलियन फर्किएका थिए । जोस इङ्लिसले ३२ रन बनाए ।

पहिलो दिनको खेल सकिँदासम्म मिचेल स्टार्क अविजित ३३ रन बनाउँदै क्रिजमा छन् । अर्का अविजित ब्याट्सम्यान नाथन लियोनले भने खाता खोल्न सकेका छैनन् । 

भ्रमणकारी टोली इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन तथा ब्राइडन कार्स र विल ज्याक्सले दुई–दुई विकेट लिए ।

पाँच टेस्टको एसेस शृंखलामा अस्ट्रेलियन टोली २-० ले अगाडि छ । अस्ट्रेलियाले शृंखलाको पहिलो र दोस्रो दुवै टेस्टमा इङ्ल्यान्डलाई आठ विकेटको समान अन्तरले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्