
बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली बलर सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा पनि विकेट लिएका छन् ।
बीपीएलको १२औं संस्करणमा प्रभावशाली लेग–स्पिनर सन्दीपले राजशाही वारियर्सबाट खेलिरहेका छन् । उनले शनिबार ढाका क्यापिटल्सविरुद्धको खेलमा विकेट लिएका हुन् ।
सन्दीपले ढाका क्यापिटल्सका कप्तान मोहम्मद मिथुनलाई हुसेन तलतद्वारा क्याच गराए । जारी बीपीएलमा सन्दीपले लिएको यो तेस्रो विकेट हो ।
यसअघि, शुक्रबार खेलिएको सिल्हेट टाइटन्सविरुद्धको खेलमा पनि उनले दुई विकेट लिएका थिए ।
उक्त खेलमा सन्दीपको टोली राजशाही वासियर्स आठ विकेटले विजयी भएको थियो ।