१० साउन २०८३, आइतबार

अन्नत: ‘अर्ली इलेक्सन’ मै जाने एन्फाको निर्णय, माघ २८ गते चुनावी साधारणसभा

पुस १६, २०८२
काठमाडौं
अन्नत: ‘अर्ली इलेक्सन’ मै जाने एन्फाको निर्णय, माघ २८ गते चुनावी साधारणसभा
फाइल फोटो

अखिल नेपाल फूटबल संघ (एन्फा) को कार्यसमिति बैठकले ‘अर्ली इलेक्सन’ मा जाने निर्णय गरेको छ ।

एन्फा कार्यसमितिको बुधबार बसेको बैठकले आगामी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।

एन्फा बैठकमा केही सदस्यले भने पहिले जिल्ला र प्रदेश फुटबल संघको निर्वाचन गराएर मात्र केन्द्रको निर्वाचन गराउनु पर्ने धारणा राखेका थिए । तर, कार्यसमितिले बैठकले भने माघ २८ गते नै चुनावी साधारणसभा गर्ने निर्णय लियो ।

एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदै छ । पछिल्लो पटक एन्फाको निर्वाचन २०७९ असार ६ गते भएको थियो । उक्त निर्वाचनमा तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

वर्तमान कार्यसमितिको कार्यकाल अझै ६ महिना बाँकी छ । ‘हामीले पहिले जिल्ला संघको निर्वाचन गरेर मात्र केन्द्रको निर्वाचनमा जानु पर्ने प्रस्ताव राखेका थियौं । तर, अध्यक्ष र महासचिवले बहुमतको बलमा अर्ली इलेक्सनको निर्णय लिनुभयो,’ बैठकमा उपस्थित एक सदस्यले लोकान्तरसँग भने ।

साधारणसभाको मिति तय गर्ने, आर्थिक वर्ष २०८२–८३ को लेखा परीक्षकको नियुक्ति गर्ने र विविध विषयमा छलफल गर्ने एजेन्डासहित बुधबार एन्फाको कार्यसमिति बैठक बोलाइएको थियो ।

स्रोतका अनुसार फिफा विश्वकपका कारण नियमित समय असारमा चुनावी साधारणसभा गर्न समस्या हुने तर्क अध्यक्ष नेम्वाङ पक्षले गरेको थियो ।

आगामी फिफा विश्वकप २०८३ को जेठ २८ देखि साउन ३ गतेसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्