०६ साउन २०८३, बुधबार

हेल्प नेपाल एनभीए भलिबलको फाइनलमा

पुस १८, २०८२
काठमाडौं
हेल्प नेपाल एनभीए भलिबलको फाइनलमा

नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै हेल्प नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–२३ तथा २५–२२ ले जित निकाल्यो ।

त्यसैगरी, सोही मैदानमा आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४–२५–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्