
भारतको आसाम भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान आसाममा ५.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, कुनै पनि घाइते वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, बिहान ४:१७ बजे मोरिगाउँ जिल्लामा भूकम्पको केन्द्रबिन्दु रेकर्ड गरिएको थियो।
भूकम्पको गहिराई ५० किलोमिटर जमिनमुनि रहेको बताइएको छ।