
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औँ संस्करणमा ‘स्पेशल अवार्ड’ पोखराका तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङले पाएका छन् ।
हङकङलाई कर्मथलो बनाएर नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको मञ्चले जनाएको छ ।
उनी हङकङको राष्ट्रिय तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।