०५ साउन २०८३, मंगलबार
राजनीतिमा सक्रिय कुलमान

मन्त्री कुलमान घिसिङद्वारा राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र

पुस २३, २०८२
काठमाडौं
मन्त्री कुलमान घिसिङद्वारा राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र

 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

 घिसिङले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । भदौ ३० गते मन्त्री पदमा नियुक्त भएका घिसिङले हालको विकसित 'राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै' आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राजीनामा उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले आफूलाई काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

आफ्नो करिब चार महिनाको कार्यकालमा मन्त्रालयहरूमा सुशासन कायम गर्न र वर्षौंदेखि अलपत्र परेर विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न आफूले इमानदारीपूर्वक प्रयास गरेको घिसिङले दाबी गरेका छन् । ऊर्जा, जलस्रोत र पूर्वाधार विकासमार्फत जनताको जीवनस्तर उकास्न आफू प्रतिबद्ध रहेको र भविष्यमा पनि देश र जनताको हितमा जुनसुकै जिम्मेवारी निर्वाह गर्न तत्पर रहने उनले उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले मन्त्रिपरिषद्का सदस्यहरू, कर्मचारी प्रशासन र सरोकारवाला सबैबाट पाएको सहयोगप्रति आभार समेत प्रकट गरेका छन् । उनी रास्वपाको राजनीतिमा लागेको भन्दै राजीनामा दिन दबाब बढ्दै आएको थियो ।  अब उनी राजनीतिमा मात्रै सक्रिय रहने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्