३१ असार २०८३, बुधबार
कांग्रेस विशेष महाधिवेशन

निर्णायक वार्ता पनि निष्कर्षविहीन, देउवासँग छलफल सकेर निस्किए महामन्त्री गगन-विश्व

पुस ३०, २०८२
काठमाडौं
निर्णायक वार्ता पनि निष्कर्षविहीन, देउवासँग छलफल सकेर निस्किए महामन्त्री गगन-विश्व

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका उनीहरू छलफल सकेर भर्खरै बाहिरिएका हुन् ।

वार्तामा कुनै सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए । दुवै पक्षले आ-आफ्ना अडान यथावत् राखेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

विशेष महाधिवेशनमा नयाँ नेतृत्व चुन्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको थियो । नेता देवराज चालिसेका अनुसार देउवा निवास महाराजगञ्जमा जारी वार्तामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू पनि सहभागी थिए । यसैगरी, संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, शेखर पक्षका मिनेन्द्र रिजालसहित नेताहरू पनि देउवा निवासमा थिए।

सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

यता, विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया अघि बढाइएको छ । विशेष महाधिवेशनअन्तर्गत आजदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति जुट्न नसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अब निर्वाचनमार्फत् नै पार्टीको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया शुरू गरिएको हो । विशेष महाधिवेशनले यसअघि नै नयाँ नीति पारित गरिसकेको छ । महामन्त्रीद्वयले पेश गरेका दुई प्रतिवेदन बन्दसत्रबाट मंगलबार पारित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्