२३ असार २०८३, मंगलबार

सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टाेली

माघ ३, २०८२
काठमाडौं
सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टाेली

 नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् । 

प्रतियोगिताको पूर्वसन्ध्यामा आज साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलुु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने बताइन् । 

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् । यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ । अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको उनले बताइन् । 

यस्तो प्रतियोगिताले नयाँ पुस्तालाई अघि बढ्ने अवसर प्रदान गर्ने कप्तान इन्दुको भनाइ छ । 

कार्यक्रममा नामिबिया, अमेरिकासहित टिमका कप्तानले पनि अभ्यास खेलले नेपाली क्रिकेटको पिच र मैदानको अवस्था बुझ्ने बताउँदै यो प्रतियोगिताका लागि उत्कृष्ट तयारी बन्ने उल्लेख गरे । आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्