०१ साउन २०८३, शुक्रबार

माटोको ढिस्कोले पुरिएर सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु, एक घाइते

माघ ५, २०८२
दाङ
माटोको ढिस्कोले पुरिएर सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु, एक घाइते

दाङको लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोमबार एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।   

मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शंकर चौधरी रहेका छन् । 

उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुई जना पुरिएका थिए । 

दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दको उपचारका क्रममा मृत्यु भएको र घाइतेको सोही अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्