२२ जेठ २०८३, शुक्रबार

काठमाडौं ७ : गणेश पराजुली, प्रकाश श्रेष्ठ, वसन्त मानन्धर र गणेशमाया डङ्गोलले गराए उम्मेदवारी दर्ता

माघ ६, २०८२
काठमाडौं
काठमाडौं ७ : गणेश पराजुली, प्रकाश श्रेष्ठ, वसन्त मानन्धर र गणेशमाया डङ्गोलले गराए उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले मनोनयन दर्ता गराएका छन् । २०७९ को चुनावमा पराजुली यही क्षेत्रबाट नै विजयी भएका थिए ।​​​

यस्तै, नेकपा एमालेका प्रकाश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनी २०७४ र २०७९ मा ७ नम्बर क्षेत्रबाट प्रदेशसभामा विजयी भएका थिए ।

पार्टीले प्रतिनिधिसभाका लागि टिकट दिएपछि राजीनामा दिएका उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वसन्तप्रसाद मानन्धरले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ र २०७९ मा काठमाडौं ७ बाटै बागमती प्रदेशसभामा विजयी भएका थिए । प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएपछि उनी पनि प्रदेशसभाबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट गणेशमाया डङ्गोलले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै, काठमाडौं ७ मा शर्मिला फुँयालले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्