२० असार २०८३, शनिबार

लागुऔषधसहित ७ जना पक्राउ

माघ ७, २०८२
विराटनगर
लागुऔषधसहित ७ जना पक्राउ

झापा, मोरङ, उदयपुर र सुनसरीबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । 

उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले माघ ६ गते बेलका नगरपालिका ७ स्थितबाट सोही स्थानका मिसन राई, विकास राई र उमेश राईलाई १ सय ४३ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थितबाट गौरादह ५ का अमिर बास्कोटालाई ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय रानी (सीमा)ले मोरङको सुनसरीको दुहवी ६ का रोहित शर्मालाई प्रतिबन्धित औषधि ७ बोतलसहित नियन्त्रणमा लिएको हो ।

यसका, साथै इलाका प्रहरी कार्यालय छिटाहा सुनसरीले गढी गाउँपालिका ६ स्थितमा चेकजाँचको क्रममा बा २७ प १७६६ नम्बरको मोटरसाइकलमा राखेर लैजाँदै गरेको ३५ किलो ८०० ग्राम गाँजा बरामद गरेसँगै गढी गाउँपालिका २ का अतिम मियाँ र इन्तियाज मियाँलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्