२९ असार २०८३, सोमबार

नमोबुद्धमा ‘सेभेन ए साइड’ राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

माघ ११, २०८२
काठमाडौं
नमोबुद्धमा ‘सेभेन ए साइड’ राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

 सोनाम ल्होसारको अवसरमा काभ्रेको नमोबुद्ध नगरमा ‘सेभेन ए साइड’ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नमोबुद्ध–मानेगाउँ युवा क्लबको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता माघ १५ देखि २० गतेसम्म सञ्चालन हुनेछ।

नमोबुद्ध नगरपालिका–१ स्थित मानेगाउँमा आयोजना हुने प्रतियोगितामा देशभरका दुई दर्जनभन्दा बढी टिमको सहभागिता रहने क्लबका सचिव गणेश लामाले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई जर्सी प्रदान गरिने आयोजकले जनाएको छ।

मोफसलकै प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित यस फुटबल प्रतियोगितामा राष्ट्रिय स्तरका क्लब, विभागीय टोली तथा उत्कृष्ट खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्