२५ जेठ २०८३, सोमबार

अनर एक्स ९डी प्रि-बुकिङ अफर : स्मार्टफोन किन्दा कार जित्ने अवसर

माघ १२, २०८२
काठमाडौं
अनर एक्स ९डी प्रि-बुकिङ अफर : स्मार्टफोन किन्दा कार जित्ने अवसर

चिनियाँ मोबाइल ब्रान्ड अनरले नेपालमा अनर एक्स ९डी सार्वजनिक गरेको छ ।

मजबुत बनावट, लामो समय चल्ने ब्याट्री र उच्च गुणस्तरको क्यामरासहित यो मोबाइल बजारमा ल्याइएको कम्पनीले जनाएको छ । अनर एक्स ९डी आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन भएको कम्पनीको दाबी छ ।

अनर एक्स ९डीमा २.५ मिटर उचाइबाट खस्दा पनि नबिग्रने क्षमता, पानी र धुलोबाट जोगिने उच्च स्तरको सुरक्षा, आठ हजार तीन सय मिलिएम्पियर क्षमताको ब्याट्री तथा एक सय आठ मेगापिक्सल क्षमताको क्यामरा जडान गरिएको छ ।

अनर एक्स ९डी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ । पहिलो भेरियन्टमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज छ । यसको मूल्य ५४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । 

null

त्यस्तै, दोस्रो भेरियन्टमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ, जसको मूल्य ५९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकलाई १५ हजार नौ रूपैयाँ बराबरको अनर ब्रान्डको स्मार्ट घडी निःशुल्क प्रदान गरिने कम्पनीको घोषणा छ । 

साथै, एक वर्षसम्म लागू हुने २० हजार रूपैयाँ बराबरको सेवा सुविधा पनि उपलब्ध हुनेछ, जसमा पर्दा, पछाडिको भाग र पानीबाट हुने क्षतिको मर्मत समावेश गरिएको छ ।

यसबाहेक, एक जना भाग्यशाली ग्राहकले ५८ लाख मूल्य बराबरको विद्युतीय कार जित्ने अवसर पाउनेछन् ।

null

कम्पनीले ग्राहकलाई नजिकको आधिकारिक बिक्री केन्द्रमा गई अनर एक्स ९डी अग्रिम बुकिङ गर्न आग्रह गरेको छ । बुकिङ अफर ग्राहकले सोमबारदेखि बुधबारसम्म (माघ १२ देखि १४) पाउनेछन् । 

null

salt training

कमेन्ट गर्नुहोस्