०५ साउन २०८३, मंगलबार

युवराज सफल पक्राउ

माघ १३, २०८२
काठमाडौं
युवराज सफल पक्राउ

युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् ।

महान्यायाधिवक्ताको कार्यालय र ​महान्यायाधिवक्ता सविता भण्डारीका ​बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार महान्यायाधिवक्ता कार्यालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।​ 

सफललाई कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते प्रहरीलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराई जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्