२९ असार २०८३, सोमबार

ट्रम्पले फेरि दिए धम्की, इरानले भन्यो– तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छौँ

माघ १६, २०८२
काठमाडौं
ट्रम्पले फेरि दिए धम्की, इरानले भन्यो– तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्न दुईवटा कुरा गर्नुपर्ने बताएका छन् । अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका समयमा ट्रम्पको यस्तो भनाइ आएको हो । ​

ट्रम्पले भने, ‘पहिलो कुरा, आणविक हतियार नराख । र दोस्रो कुरा, प्रदर्शनकारीहरूलाई मार्ने काम बन्द गर ।’ उनले इरानमा हजारौं मानिस मारिएको आरोप लगाए ।

उनले भने, ‘अहिले धेरै ठूला र शक्तिशाली अमेरिकी जहाज इरानतिर गइरहेका छन् । हामीले तिनीहरूलाई प्रयोग गर्नु नपरोस् भने राम्रो हुनेछ ।’

यसप्रति प्रतिक्रिया जनाउँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले देशको सशस्त्र सेना पूर्ण रूपमा तयार रहेको बताए । उनले कुनै पनि आक्रमणको घटनामा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार रहेको बताए । यस्तै उनले सेनाहरू ट्रिगरको लागि तयार रहेको पनि बताए ।   


 
 
 

salt training

कमेन्ट गर्नुहोस्