०३ साउन २०८३, आइतबार

सामसङले ल्यायो होली अफर, वासिङ मशिन र रेफ्रिजरेटरमा आकर्षक छुट

माघ २२, २०८२
काठमाडौं
सामसङले ल्यायो होली अफर, वासिङ मशिन र रेफ्रिजरेटरमा आकर्षक छुट

सामसङ नेपालले होली अफरको साथ आफ्ना वासिङ मशिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत वासिङ मशिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्याशब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका ए-आई इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटो मेटिक टप-लोड वासिङ मसिनहरूमा अधिकतम २३ प्रतिशतसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।​

त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरूमा १७ प्रतिशतसम्मको क्याशब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।​

​सामसङ वासिङ मशिनहरूमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा र रेफ्रिजरेटरहरूमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ । जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

null

salt training

कमेन्ट गर्नुहोस्