०४ साउन २०८३, सोमबार

टी–२० विश्वकप : पाकिस्तानी प्रधानमन्त्रीले भने– हामी बंगलादेशको पक्षमा उभिनुपर्छ, बंगलादेशले के भन्यो ?

माघ २२, २०८२
काठमाडौं
टी–२० विश्वकप : पाकिस्तानी प्रधानमन्त्रीले भने– हामी बंगलादेशको पक्षमा उभिनुपर्छ, बंगलादेशले के भन्यो ?

टी–२० विश्वकपसम्बन्धी विषयमा पाकिस्तानका प्रधानमन्त्रीको भनाइपछि बंगलादेशले प्रतिक्रिया दिएको छ । बंगलादेशको अन्तरिम सरकारअन्तर्गत युवा तथा खेल मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले बिहीबार पाकिस्तानप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सुरक्षाका कारण देखाउँदै बंगलादेशले भारतमा टी–२० विश्वकपका खेल खेल्न अस्वीकार गरेको थियो । बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा आयोजना गर्न माग गरेको थियो ।

तर त्यसपछि प्रतियोगितामा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरिएको थियो । यस निर्णयको विरोधमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।

बुधबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो क्याबिनेटलाई सम्बोधन गर्दै उक्त निर्णयलाई पुनः दोहोर्‍याएका थिए ।

उनले भनेका थिए, ‘हामीले धेरै सोचविचार गरेर यो अडान लिएका हौँ । हामीले बंगलादेशको पक्षमा पूर्ण रूपमा उभिनुपर्छ । यो अत्यन्तै उचित निर्णय हो ।’

यसैबीच आसिफ नजरुलले आफ्नो फेसबुक पोस्टमार्फत पाकिस्तानप्रति आभार प्रकट गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्