२१ असार २०८३, आइतबार

विश्वकपको फाइनलमा भारतसँग भेट भयो भने पाकिस्तानले के गर्छ ?, यस्तो छ कप्तान आघाको जवाफ

माघ २२, २०८२
काठमाडौं
विश्वकपको फाइनलमा भारतसँग भेट भयो भने पाकिस्तानले के गर्छ ?, यस्तो छ कप्तान आघाको जवाफ

पाकिस्तान क्रिकेट टोलीका कप्तान सलमान अली आघाले टी–२० विश्वकपको नकआउट चरणमा भारतसँग सामना परेमा टोलीले सरकारको सल्लाहअनुसार निर्णय गर्ने स्पष्ट पारेका छन् । 

भारत–पाकिस्तान क्रिकेटलाई लिएर पहिलेदेखि नै राजनीतिक तनाव रहँदै आएको छ । बंगलादेशलाई प्रतियोगिताबाट बाहिर गरिएको र भारतविरुद्धको समूह चरणको खेल पाकिस्तानले बहिष्कार गरेपछि यो विषय झनै संवेदनशील बनेको छ।

बिहीबार आयोजित कप्तानहरूको प्रेस कन्फ्रेन्समा आघाले भने, ‘भारतसँग खेल्ने–नखेल्ने निर्णय हाम्रो हातमा छैन । यो सरकारको निर्णय हो । यदि सेमिफाइनल वा फाइनलमा भारतसँग खेल पर्‍यो भने फेरि सरकारसँग सल्लाह लिन्छौँ ।’ उनले टोलीको ध्यान केवल क्रिकेटमै केन्द्रित रहेको र बाह्य विषयमा ध्यान नदिएको पनि बताए ।

पाकिस्तानले १५ फेब्रुअरीमा भारतविरुद्धको समूह चरणको खेल बंगलादेशको समर्थनमा बहिष्कार गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर गरेको थियो ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतबाहिर खेल आयोजना गर्न गरेको माग अस्वीकृत भएको थियो ।

बंगलादेश बाहिरिएको विषयमा आघाको प्रतिक्रिया
कप्तान आघाले बंगलादेश प्रतियोगितामा सहभागी नहुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने,‘बंगलादेशको टोली निकै बलियो छ । उनीहरू प्रतियोगितामा नहुनु दुःखद हो । बंगलादेशले हामीलाई समर्थन गर्नेछन् भन्नेमा हामीले आशा गरेका छौँ ।’

आफ्नो पहिलो टी–२० विश्वकपमा कप्तानी सम्हाल्दै गरेका आघाले उत्साह व्यक्त गर्दै पछिल्ला ६ महिनामा टोलीको प्रदर्शन निरन्तर सुधार हुँदै गएको बताए । उनले भने, ‘एशिया कपपछि हामीले कुनै पनि शृङ्खला हारेका छैनौँ । टोली आत्मविश्वासले भरिएको छ ।’

उनले विश्वकपमा कुनै पनि टोलीलाई हल्का रूपमा लिन नहुने उल्लेख गर्दै हालको मुख्य ध्यान नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा रहेको बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्