११ असार २०८३, बिहीबार

इरानको चेतावनी– इरानमाथि आक्रमण भए अमेरिकी सैन्य अड्डालाई  निशाना बनाउँछौँ

माघ २५, २०८२
काठमाडौं
इरानको चेतावनी– इरानमाथि आक्रमण भए अमेरिकी सैन्य अड्डालाई  निशाना बनाउँछौँ

इरानले देशमाथि आक्रमण भयो भने मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।

शनिबार इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इरान वार्ता छिट्टै पुनः सुरु हुने आशा व्यक्त गरेका छन् । साथै उनले अमेरिकाले आक्रमण गरेमा इरान क्षेत्रभित्र रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न तयार रहेको चेतावनी दिए ।  

अराघचीले भने, ‘यदि वाशिङ्टनले हामीमाथि आक्रमण गर्छ भने हामी अमेरिकी भूमिमा आक्रमण गर्ने छैनौँ । तर यस क्षेत्र (मध्यपूर्व) मा रहेका उसका सैन्य अड्डामाथि आक्रमण गर्नेछौँ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकॉफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनरले अमेरिकी विमानवाहक पोत ‘अब्राहम लिंकन’को भ्रमण गरेका बेला यो भनाइ आएको हो ।

यसअघि शुक्रबार ओमानमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता भएको थियो । अराघचीका अनुसार अर्को बैठकको मिति तय भइनसके पनि दुवै पक्षले छिट्टै पुनः वार्ता गर्ने सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार बिहान ‘हामी अर्को हप्ताको सुरुवातमा फेरि भेट्नेछौँ’ भन्ने बताएका थिए।

तर ओमानमा वार्ता भएको केही घण्टापछि नै राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने देशमाथि थप भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त शुल्कको दर स्पष्ट नगरिए पनि २५ प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्