०५ साउन २०८३, मंगलबार

टी-२० विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यू

माघ २५, २०८२
काठमाडौं
टी-२० विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यू

स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । टी-२० विश्वकपअन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् । शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन् ।

घरेलु प्रतियोगिता र नेपाल प्रिमियर लिग (एनपीएल)मा गरेको उत्कृष्ट प्रदर्शनका कारण २३ वर्षीय शेरले विश्वकप टोलीमा स्थान पाएका हुन् । एनपीएलसँग पनि उनको एउटा रमाइलो संयोग जोडिएको छ । उनी दुई फरक टोलीलाई एनपीएलको दुवै संस्करणको उपाधि जिताउने एकमात्र खेलाडी हुन् ।

शेरले एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि चुमाएका थिए । त्यतिबेला उनी सात विकेट लिएका थिए ।

त्यसपछि उनले एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनपीएलको दोस्रो संस्करणमा उनले कुल १७ विकेट लिएका थिए । उनी सन्दीप लामिछाने र अविनाष बोहरासँगै सर्वाधिक विकेट लिने बरको सूचीमा पहिलो स्थानमा रहेका थिए ।

सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा पनि उनले गजबको प्रदर्शन गरेका थिए । फाइनल खेलमा शेरले चार ओभरमा केवल १८ रन खर्चिएर तीन विकेट कुम्ल्याएका थिए । क्षमतावान स्पिनर शेर दायाँ हातले बलिङ गर्छन् । उनी ब्याटिङ भने दायाँ हातले गर्छन् ।

खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्