
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरलाई वाशिंगटनमा भेटेका छन् ।
बीबीसी फारसीका अनुसार इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा बैठकको क्रममा डोनाल्ड ट्रम्पका राजदूत र ज्वाइँले गत शुक्रबार इरान र अमेरिकाबीच भएको पहिलो चरणको वार्ताको बारेमा नेतान्याहूलाई जानकारी गराएको भनिएको छ ।
नेतान्याहूले डोनाल्ड ट्रम्पलाई पनि भेट्ने कार्यक्रम छ ।
अर्कोतर्फ, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरानले आणविक हतियार नबनाएको र त्यसको निगरानी गर्न तयार रहेको बताएका छन् ।
बीबीसी फारसीका अनुसार इरानी राष्ट्रपति पेजेश्कियानले युरोप र अमेरिकाले खडा गरेको अविश्वासको अग्लो पर्खालले यी वार्तालाई सफल हुन दिने जोड दिए ।
राष्ट्रपति पेजेश्कियानले इरान अत्यधिक मागको अगाडि नझुक्ने बताए ।