१० साउन २०८३, आइतबार

मोहम्मद युनुसले तारिक रहमानलाई दिए बधाई, के भने ?

फागुन २, २०८२
काठमाडौं
मोहम्मद युनुसले तारिक रहमानलाई दिए बधाई, के भने ?

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानलाई बधाइ दिएका छन् । बंगलादेशको १३ औं संसदीय चुनावमा तारिक रहमानको पार्टी विजय भएकोमा युनुसले बधाई सन्देश पठाएका हुन् ।

बीबीसी बंगला सेवाका अनुसार शनिबार बिहान दिइएको सन्देशमा प्रमुख सल्लाहकारले तारिक रहमानले देशलाई स्थिर, समावेशी र विकासको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

मोहम्मद युनुसले अन्तरिम सरकारको जिम्मेवारी पूरा गर्न बीएनपी अध्यक्षको सहयोग र उपयोगी भूमिकाका लागि पनि धन्यवाद दिए ।

बंगलादेशमा भएको आम चुनावमा बीएनपीले दुई तिहाइभन्दा बढी सिट जितेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्