२९ जेठ २०८३, शुक्रबार

वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

फागुन ३, २०८२
काठमाडौं
वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
फाइल फोटो

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ​

मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर बलिङ गर्ने निर्णय गर्नै नेपाललाई  ब्याटिङको निम्तो दिएका हुन् ।

आइतबार बिहान सवा ११ बजेबाट शुरू हुने खेलमा नेपाल जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिँदै छ ।

यसअघि इटालीसँगको स्तब्धपूर्ण हार ब्योहोरेको नेपाली टोलीसामु विश्वकपको सबैभन्दा कठिन चुनौती आज छ ।

लगातार २ हारपछि सुपर ८ पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ ।

वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने सँघारमा छ । पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडि नै समूह चरणबाट बाहिरिने छ।

पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध ४ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद दोस्रो खेलमा १० विकेटको हारले नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा ठूलो प्रश्न चिन्ह छ ।

दुई पटकको विश्व विजेता वेष्ट इण्डिज सानदार लयमा छ । उसले स्कटल्याण्डलाई ३५ रन र विश्कपकै बलियो दाबेदार इङ्ल्याण्डलाई ३० रनले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्