०३ साउन २०८३, आइतबार

दीपेन्द्रको अर्धशतकप्रेरित नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

फागुन ३, २०८२
काठमाडौं
दीपेन्द्रको अर्धशतकप्रेरित नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले वेस्टइन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४६ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे । सोमपाल कामीले २६ रन बनाए । १५ बल खेलेका उनले ४ छक्का प्रहार गरे । 

यसअघि लोकेश बम १३, आसिफ शेखले ११ र गुल्सन झाले ११ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंशमा रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा आरिफ शेख २ र कप्तान रोहित पौडेल ५ रन बनाएर पेभेलियन फर्किए ।  

वेस्ट इन्डिजका लागि जासोन होल्डरले ३, अकिल होसैन, म्याथ्यू फोर्ड, रोस्टन चेज र समर जोसेफले एक/एक विकेट लिए । 

यसअघि पहिलो खेलमा इंग्लान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीसँग १० रनले पराजित भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्