२२ असार २०८३, सोमबार

पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक खोज्न थाल्यो प्रहरी

फागुन ५, २०८२
काठमाडौं
पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक खोज्न थाल्यो प्रहरी

पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकको प्रहरीले खोज्न शुरू गरेको छ । एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी शुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । 

भिडियो कहाँको हो भन्ने खुलि नसकेको उनको भनाइ छ । 'त्यो भिडियो हामीलाई पनि प्राप्त भएको छ । कहाँको हो भन्ने खुलिसकेको छैन । जहाँको भए पनि अनुसन्धान शुरू गरिसकेका छौं । अवश्य पत्ता लाग्ने छ । पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौं,' लोकान्तरसँग उनले भने । 

सामाजिक सञ्जालमा भाइरल भिडियोमा कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

त्यसपछि कार चालकले फेरि ती पैदलयात्रीलाई कुटेका छन् । उक्त भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्